काठमाडौं, २७ असोज । दशैंमा खसीको व्यवस्थाको विषयमा विवाद हुँदा बाबुले छोरामाथि हँसिया प्रहार गरे । बाबुछोराबीच झगडा हिंसामा परिणत भयो । बाबुले आवेशमा आएर छोरामाथि हँसिया प्रहार गरे । छोराको घटनास्थलमै मृत्यु भयो ।
यो घटना सल्यानको हो । गएराति १० बजे बनगाडा कुपिण्डे नगरपालिका १० माझकाडाका ५५ वर्षीय निमबहादुर कुँवरले ३३ वर्षीय छोरा रुपलाल कुँवरमाथि हँसिया प्रहार गरेका थिए ।
घटनापछि प्रहरील्े बाबु निमबहादुरलाई पक्राउ गरेको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।