जोन दुवेई : ‘समाज’ एउटा शब्द हो तर आफैँमा यो धेरै चिज हो । समाज मा विविध कारण र उद्देश्यले मानिसहरू एकत्रित हुन्छन् र आपसमा जोडिन्छन् । एउटा मानिस धेरै वटा समूहमा आवद्ध हुन सक्छ । हरेक समूहका मानिसहरू फरक हुन सक्छन् । यस्ता समूहका मानिसहरूमा न्यूनतम जैविक चरित्र बाहेक केही पनि समान नभएजस्तो देखिन सक्छ । हरेक ठूला सङ्गठनभित्र धेरै साना समूहहरू हुन्छन्, जो राजनीतिक मात्र नभएर औद्योगिक, वैज्ञानिक वा धार्मिक पनि हुनसक्छन् । समाज मा भिन्न विचार, नीति, उद्देश्य र सङ्गठन भएका राजनीतिक पार्टी र अरू समूहहरू हुन्छन् । केही प्राचीन र धेरैजसो आधुनिक राज्यमा भाषा, धर्म, नीतिनियम र परम्पराका आयामहरूको बाहुल्य हुन्छ ।
आजका ठूला शहरलाई हेर्ने हो भने समाज निकै सानो समूहमा विभाजित हुन थालेको पाइन्छ । राजनीतिक मात्रै होइन अपराधीहरूका समेत आफ्नै समूह छन्, जो आफ्नो साझ स्वार्थका खातिर सङ्गठित हुन्छन् । केही मानिसहरू यस्ता समूहलाई नै समाज मान्छन् भने अरूहरू त्यसमा समाज कागुण नभएको ठान्छन् । तर, वास्तविक धरातलमा उभिएर हेर्ने हो भने हराम्रो समाज आदर्श समाज बाट निकै पर पुगिसकेको छ । यथार्थमा आजको समाज आदर्शभन्दा बढी स्वार्थका आधारमा टिकिरहेको देखिन्छ ।
गतिलो समाज गतिलो सामाजिक जीवनले निर्माण गर्छ । रराम्रोपन वा आदर्शको मापन गर्ने मान कहरूले समाज को स्तर को पनि मापन गर्छन् । यसैले कुनै समाज लाई रराम्रो बनाउने नाममा व्यवहारोपयोगी नहुने ‘आदर्श’ को मात्र व्याख्या गरेर पुग्दैन । यसैले गतिलो समाज निर्माणको सबैभन्दा ठूलो चुनौती समाज लाई साँच्चिकै रराम्रो बनाउने गुणहरूको खोजी हो । यदि यस्तागुण पत्ता लगाउन सकियो भने यिनैको आधारमा, यिनकै प्रयोगमा नराम्रा पक्षहरूलाई जित्न वा सुधार गर्न सकिन्छ ।
हामीलाई थाहा छ समाज निरन्तरको नवीकरणले जीवित रहन्छ । पुरानालाई पन्छाएर नयाँ विचार समाज मा आइरहन्छन् । तर, नयाँ विचारहरू यत्तिकै आउँदैनन् । समाजका अपरिपक्व वा साना सदस्यहरूको शैक्षिक विकास ले नयाँ विचार हरू ल्याउने हो भने शिक्षा भनेको आफैँमा ‘रोप्ने’, ‘पोषण दिने’ र ‘स्याहार गर्ने ’ प्रक्रिया हो । यी सबै विकास को अवस्थासँग जोडिएका शब्द हुन् । ऐतिहासिक रूपमा हेर्दा शिक्षा(एजुकेशन) शब्दको अर्थ नेतृत्व गर्ने वा डोर्याउने भन्ने बुझिन्छ । जब हामी शिक्षाको उपलब्धिका कुरा गर्छौं त्यतिबेला हामी सामाजिक गतिविधिलाई निश्चित आकारमा ल्याउने गतिविधिका बारे कुरा गरिरहेका हुन्छौं ।
विश्वास र इच्छा कसैमा जबरजस्ती घुसाउन सकिँदैन । यी अभौतिक चिज हुन् । त्यसो भए विश्वास र इच्छाको संचार कसरी हुन्छ त ? यस्ता चिजलाई जस्ताको तस्तै कसैलाई हस्तान्तरण गर्न नसकिने भएकाले बालबालिकाले वयस्कको दृष्टिकोण कसरीग्रहण गर्न सक्छन् वा कसरी तिनको मष्तिस्कलाई वयस्कको जस्तै बनाउने भन्ने उपाय खोज्नु आवश्यक हुन्छ । सामान्यतः यसको उत्तर हुने गर्छ, बालबालिकाको वरिपरिको वातावरण र उनीहरूसँग गरिने अन्तरक्रियाका माध्यमहरू प्रयोग गर्ने ।
हामीले खोजेजस्तो विश्वास भित्तामा किला ठोके जसरी बालबालिकाको दिमागमा ठोक्न सकिँदैन, न त उसलाई चाहेजस्तो प्रवृत्तितर्फ डोर्याउन सकिन्छ । तर, मानिस जुन समाज र वातावरणमा बस्छ र हुर्किन्छ, त्यसले नै उसलाई अनेक चिज देखाउँछ र सिकाउँछ । यसले उसको दिमागमा योजनाहरूको जन्मगराउँछ, ताकि ऊ अरूसँग सफलतापूर्वक काम गर्न र तादात्म्य मिलाउन सकोस् । यसले उसका केही विश्वासलाई झन् बलियो बनाउँदै लैजान्छ भने केहीलाई कमजोर । कुनै विश्वास बलियो हुन्छ कि कमजोर यसको निर्धारण अरूले त्यसलाई स्वीकार गर्छन् या अस्वीकार भन्ने कुरा मा भरपर्छ । यसै गरी, विस्तारै उसको व्यवहार वा विचार पद्धतिको निर्माण हुनथाल्छ । यसरी एउटा व्यक्तिको विचार र व्यवहारलाई समग्र समाज र उसको वरिपरिको वातावरणले निर्माण गर्छ । यसैले ‘वातावरण’ वा ‘माध्यम’ जस्ता शब्दको अर्थ वरिपरिको वस्तुस्थितिमा मात्र सीमित रहँदैन । वातावरण र माध्यमले नै कुनै मानिसलाई उसका विचार , कार्य र प्रवृत्तिको निरन्तरताका लागि अवसर जुटाइदिन्छन् ।
कुनै मानिस मानव विहीन स्थानमा पुग्यो भने ऊ वरिपरिको परिस्थिति मिल्दो व्यवहार गरेर बाँच्न थाल्छ । यस्ता मान्छेका पनि आफ्नै प्रवृत्ति, विचार र काम हुन्छन् । यसैले वातावरण र माध्यम बालबालिकाको रुपान्तरणमा सबैभन्दा महत्वपूर्ण कुरा हो । समग्रमा भन्दा, वातावरण भनेको त्यस्तो चिज हो, जसले कुनै पनि प्राणीकोगुण, दोष र विशेषताको निर्माण गर्छ । जस्तैः माछाको लागि पानी वातावरण हो, जसको अभावमा ऊ बाँच्न सक्दैन । माछालाई पौडिने पनि पानीले बनाएको हो । यदि माछा जमिनमा हुन्थे भने पौडिनुको सट्टा दौडिने वा घिस्रिनेगुण हुन्थ्यो होला । हराम्रो सन्दर्भमा सबैभन्दा महत्वपूर्ण कुरा , एउटा बच्चालाई उसको समाज वा सामाजिक गतिविधिले कसरी हुर्काउँछन्, विकसित वयस्क बनाउँछन् भन्ने हो । कुनै बच्चाको बाहिरी बानीव्यहोरा कसरी निर्माण हुन्छ भन्ने थाहा पाउन खासै गाह्रो छैन । मान्छेको सङ्गतले गर्दा कुकुर र घोडाजस्ता जनावरको व्यवहारमा समेत परिवर्तन आएको देख्न सकिन्छ । कुकुर र घोडाले मान्छेको व्यवहार हेरेर आफ्नो व्यवहारमा परिवर्तन ल्याउने गर्छन् । त्यसै गरी, मानिसले आफूले चाहेजस्ता साधन, वातावरण र अवस्था निर्माण गरी घोडाआदि पशुलाई पनि नियन्त्रणमा लिन्छन् र विस्तारै आफ्नो आवश्यकता अनुकूलको बनाउँछन् ।
एक पटक आगोले पोलेको बच्चा सधैँ आगोसँग डराउँछ । यदि अभिभावकले बालबालिकाको कुनै खेलौना छुनासाथ आगोले झै पोल्ने बनाइदिए भने त्यो बच्चा आगोजस्तै खेलौना छुन पनि डराउन थाल्छ । बालबालिकाको प्रशिक्षण ज्यादातर उसका बाहिरी व्यवहारलाई ध्यान राखेरगराइन्छ । तर, यसका अरू रुप पनि हुन्छन् । जस्तै, खेलौना देखि डराउने त्यो बच्चा अलिपछि सबैखाले खेलौना देख्नासाथ डराउनेखालको पनि हुनसक्छ । अथवा त्यस्ता खेलौना नै नष्ट गर्ने किसिमको हिंस्रक बन्न पनि सक्छ । घोडाले मानिसका लागि जे काम गर्छ, त्यसमा घोडा आफैँ सामेल हुँदैन । त्यस्ता कामका विषयमा घोडालाई मतलब पनि हुँदैन । उसको मतलब त काम गरिसकेपछि प्राप्त हुने खानामा हुन्छ । तपाईं जुनसुकै काम लगाउनुस्, घोडा