काठमाडौं, २९ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ९२ वर्षीय पिता भोजप्रसाद भट्टराईबाट टीका लगाएका छन् । विजया दशमीका दिन आज पिताबाट टीका लगाएका हुन् ।
बाबुरामसँगै उनकी पत्नी एवं पूर्वमन्त्री हिसिया यमी, छोरी मानुषी यमी भट्टराईसहितका परिवारले सामूहिक टीका लगाएका हुन् ।