एजेन्सी, ३० असोज । बेलायती सांसद सर डेभिड अमेसको हत्या भएको छ । उनको शुक्रबार एसेक्सस्थित लिग अन सीमा आतंकवादी हमलामा हत्या भएको हो ।
बेलायती प्रहरीले हमलालाई आतंकवादीबाट भएको निष्कर्ष निकालेको छ । उनलाई पटक पटक धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
हत्यामा २५ वर्षीय बेलायती नागरिक संलग्न भएको पत्ता लागेको छ । उनलाई पक्राउ गरी अनुसन्धान बढाइएको जनाइएको छ ।
६९ वर्षीय सर डेभिड साउथेन्ड वेष्टबाट बेलायतको संसदमा प्रतिनिधित्व गर्थे । उनकी पत्नी र पाँच सन्तान छन् ।-Photo Source: Agency