Logo

मिनेन्द्र र दिलेन्द्र बडुपनि देउवाकै सिफारिशमा मन्त्री बनेको खुलासा



काठमाडौं, ३१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारमा कांग्रेसको तर्फबाट बनाएका सबै मन्त्रीहरु आफ्नै सिफारिशमा बनाएको खुलासा भएको छ । यसअघि बरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट मन्त्री बनेकाहरु डा. मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडुपनि सभापति देउवाकै सिफारिशअनुसार मन्त्री बनाईएको पाईएको छ ।

सुरुमा पौडेल पक्षले तीन वटा मन्त्रालय मागेको चर्चा चलेको थियो । तर, मन्त्रिपरिषद् विस्तार हुनुभन्दा केही घण्टाअघिमात्रै प्रधानमन्त्री देउवाले रिजाल र बडुलाई फोन गरेर मन्त्री बनाउन लागेको भन्दै सोधेका थिए । स्रोतकाअनुसार प्रधानमन्त्री देउवाले रिजाल र बडु दुवैलाई फोन गरेर मन्त्री बनाउन लागेको सुनाएका थिए ।

देउवाले रिजाल र बडुलाई फोनमा नेता पौडेलले नाम सिफारिश नगरेको भन्दै आफूले नै मन्त्रीमा नाम सार्वजनिक गरिदिउँ भन्दै सोधेका थिए । र, जवाफमा रिजाल र बडु दुवैले देउवाको प्रस्ताव स्विकार्दै हुन्छ भन्ने जवाफ दिएको पाईएको छ । अहिले रिजाल रक्षामन्त्रीको जिम्मेवारीमा छन भने बडु कानून, न्याय तथा संसदीय मामिलामन्त्री छन् । file photo



प्रतिक्रिया दिनुहोस्