काठमाडौं, ३१ असोज । नेकपा एकीकृत समाजवादी पार्टीमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विदेश विभागको जिम्मेवारी पाएका छन् । उनलाई सम्मानित नेतासहित उक्त विभागको जिम्मेवारी दिइएको हो ।
राजनीतिक दलहरुभित्र विदेश विभाग निकै महत्वपूर्ण मानिन्छ । विगतमा नेकपा एमाले हुँदा माधवकुमार नेपाल उक्त जिम्मेवारीमा थिए । नेकपा एस बनेपछि खनालले उक्त जिम्मेवारी पाएका छन् ।
खनाल एमालेमा छँदा वरिष्ठ नेता थिए । अब उनलाई सम्मानित नेता भनिएको छ । नेकपा एसमा माधवकुमार नेपालपछि खनाल दोस्रो वरियतामा छन् ।