Logo

प्रेम आलेलाई मागेको मन्त्रालय र पार्टीको जिम्मेवारी



काठमाडौं, ३१ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले भाग्यमानी ठहरिएका छन् । उनले मागेको मन्त्रालय पाए । पर्यटनमा आउने उनको चाहना थियो र पाए ।

नेकपा एसमा पनि उनले मागेको जिम्मेवारी पाएका छन् । सुदूरपश्चिम प्रदेशको सहइन्चार्ज पाएका छन् ।

नेकपा एसबाट सरकारमा सहभागी ३ मन्त्रीले विभागीय जिम्मेवारी पाएका छैनन् । विरोध खतिवडा, रामकुमारी झाँक्री र किसान श्रेष्ठले कुनैपनि फाँट या विभाग हेर्ने जिम्मेवारी पाएनन् । तर, आलेलाई सुदूरपश्चिम प्रदेश सहइञ्चार्ज समेत दिइएको छ ।

यसैगरी, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले पनि तेह्रथुम जिल्ला इन्चार्ज पाएका छन् । उनी तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित सांसद पनि हुन् । त्यहाँ उनी लोकप्रीय छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot