Logo

माओवादी केन्द्र बैठक: राष्ट्रिय सम्मेलनमा केन्द्रित



काठमाडौँ, १ कात्तिक: नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको तयारीको विषयमा छलफल गरेको  छ । आज (सोमबार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकमा आगामी सम्मेलनको तयारीका साथै प्रदेश सम्मेलन, स्थानीय सम्मेलन लगाएका बिषयमा छलफल भएको हो।

बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले भने, ‘आज नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भयो, आज खास गरेर आगामी सम्मेलनलाई केन्द्रविन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरू गठनको विषय प्रवेश गरेको छ, विषय निष्कर्षमा पुगेको छैन, भोलि बिहान ८ बजे फेरि स्थायी कमिटीको बैठक बस्छ र भोलि निर्णय हुन्छ, एजेण्डा प्रवेश भएको छ, छलफल सुरु भएको छ, भोलि मात्रै निर्णय हुन्छ। ’ कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ ।-File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot