Logo

मोहन वैद्य (किरण)लाई भेट्न नर्भिक पुगे प्रचण्ड



काठमाडौँ, १ कात्तिक: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ;प्रचण्ड’ नर्भिक अस्पताल पुगेका छन् । दमको समस्या बढेपछि आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण)लाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुगेका हुन् ।

उनले उपचाररत अवस्थामा रहेका नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएको जनाइएको छ । नर्भिक अस्पतालका चिकित्सकहरुले वैद्यको स्वास्थ्य अवस्थाको विषयमा प्रचण्डलाई जानकारी गराएका थिए । प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत नेता अस्पताल पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot