Logo

उपत्यकामा आजदेखि सार्वजनिक सवारीको भाडा बढ्यो



काठमाडौँ, १ कार्तिक। बाग्मती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको छ । बढाएको भाडादर आज सोमबारदेखि लागू भएको हो । बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गएको असोज २० गते काठमाडौँ उपत्यकासहित बाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको थियो । यससँगै काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडादरमा पनि वृद्धि भएको छ ।

नयाँ भाडादर अनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ ।यसैगरी १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्नेछ । फुटकरको बहाना बनाउँदै न्यूनतम १८ रुपैयाँ भाडा अब २० रुपैया तिर्नुपर्ने देखिन्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot