Logo

नेपाल भ्रमण गर्ने एकमात्र अमेरिकी विदेशमन्त्री कोलिन पोवेल रहेनन्



काठमाडौं, २ कात्तिक । अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पोवेलको निधन भएको छ । क्यान्सरसँग जुध्दै गरेका ८४ वर्षीय पोवेलको कोरोना भाइरसको संक्रमणले गएराति निधन भएको हो ।

पोवेलले धेरैवटा इतिहास बनाएका छन् । उनी अमेरिकाको पहिलो काला जातिका विदेशमन्त्री हुन् । उनी तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको सुरक्षा सल्लाहकार हुने पहिलो अफ्रिकी मूलका अमेरिकी हुन् । सैनिक सेवाबाट विदेशमन्त्री हुने पहिलो अमेरिकी हुन् ।

पोवेल कुनैबेला अमेरिकाको पहिलो काला जातिका राष्ट्रपति बन्ने सम्भावित व्यक्तिका रुपमा लिइएको थियो । उनी निकै लोकप्रीय पनि थिए । तर, इराक युद्धले उनको लोकप्रीयता घट्यो ।

पोवेल नेपाल भ्रमण गर्ने पहिलो र हालसम्म एकमात्र अमेरिकी विदेशमन्त्री पनि हुन् । उनले १८ जनवरी सन् २००२ मा नेपाल भ्रमण गरेका थिए । त्यतिबेला नेपालमा माओवादी द्वन्द्व चुलीमा पुगेको थियो ।

भारत र पाकिस्तानको भ्रमण पछि पोवेल नेपाल आएर अमेरिकाको आतंकवादविरुद्धको नीतिबारे प्रष्ट पारेका थिए ।

पोवेलको पत्नी र तीन सन्तान छन् ।



प्रतिक्रिया दिनुहोस्