Logo

ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना



काठमाडौँ, २ कात्तिक: काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ पिपलामोड नजिक ग्यास सिलिण्डर बोकेको ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र ढलानको बीचमा गएराति १२ बजेतिर दुर्घटना भएको छ ।

ट्रक दुर्घटना हुँदा राति दुईतर्फी आवत–जावत बन्द भएको थियो । दुर्घटनापछि बाटोभरि ग्यास सिलिण्डरहरु छरिएका थिए । ट्राफिक प्रहरीको र्‍याकरले ट्रकलाई हटाउन नसकेपछि यान्त्रिक कार्यालयको र्‍याकर मगाएर ट्रकलाई हटाइएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक सन्जिब शर्मा दासका अनुसार आज बिहान ६ बजेर १० मिनेटदेखि दुईतर्फी नै राजमार्ग खुलेको हो । रातिको बेला दुर्घटना भएकाले गाडीहरुको चाप नभएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot