काठमाडौं, २ कार्तिक । नर्भिक हस्पिटलमा उपचार गराईरहेका क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्यलाई उपराष्ट्रपति नन्दबहादुर पुनले भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।
छातीमा समस्या भएपछि बैद्य आइतबारदेखि नर्भिकमा भर्ना भएका हुन् । उपराष्ट्रपति पुन बैद्यलाई भेट्न आज बिहान ८ बजे नर्भिक अस्पताल पुगेको अस्पताल स्रोतले जनाएको छ । अहिले बैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । file photo