Logo

अफगानिस्तानमा तालिवानको उदय भएपछि अमेरिकी उच्च दूत खलिलजादले दिए राजीनामा



एजेन्सी, २ कार्तिक। अफगानिस्तानका लागि अमेरिकाका उच्च दूत जालमय खलिलजादले राजीनामा दिएका छन् । विगत लामो समयदेखि तालिवानसँगको वार्तामा अमेरिकी टोलीको नेतृत्व गरेका खलिलजादले अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता भएको झन्डै २ महिनापछि राजीनामा दिएका हुन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले खलिलजादको राजीनामाका बारेमा जानकारी दिएका छन् । विदेशमन्त्री ब्लिंकेनले खलिलजादको सहायकका रूपमा रहेका थोमस वेस्टलाई जिम्मेवारी दिइने पनि बताएका छन् । विदेशमन्त्री ब्लिंकेनलाई लेखेको पत्रमा उच्च दूत खलिलजादले भनेका छन्, ‘अफगान सरकार र तालिवानबीच जस्तो राजनीतिक सम्झौता सोचिएको थियो, त्यसअनुसार अघि बढ्न सकेन ।’

यसका पछाडिको कारण निकै जटिल रहेको पनि उनले बताएका छन् । पत्रमा उनले भनेका छन्, ‘यसको कारण निकै जटिल रहेका छन् । यसमा म आगामी दिनमा आफ्ना विचार राख्नेछु । हाम्रो अफगानिस्तान नीति नयाँ चरणमा प्रवेश गरेकाले पनि आफ्नो पदबाट राजीनामा दिँदैछु ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot