Logo

तालिवानलाई मलालाको खुला पत्र: किशोरीलाई पनि विद्यालय जान अनुमति देऊ



एजेन्सी, २ कात्तिक। नोबेल पुरस्कार विजेता युसुफजाई मलालाले किशोरीलाई पनि विद्यालय जान दिन अफगानिस्तानमा नवगठित तालिवान सरकारलाई खुला पत्र लेखेकी छिन् । किशोरीहरुमाथि लगाइएको प्रतिबन्धलाई हटाइ उनीहरुलाई पनि विद्यालय जना दिन तालिवानसँग आग्रह गरेकी हुन् । उनले बीबीसीलाई भनेकी छिन्,‘तत्काल जारी गरिएको माहिलामाथिको प्रतिबन्ध करिब वर्षौँसम्म रह्न सक्छ । सत्तामा आएको तालिवानले बालकलाई विद्यालय जान अनुमति दिएको छ । तर, सोही कुरा किशोरीहरुलाई किन लागु गरिएन् ।’

दुई महिनाअगाडि काबुल कब्जा गरेका तालिवानले अफगानिस्तानमा छात्राहरुलाई विद्यालय नजान निर्देशन दिएका थिए। छात्रहरुका लागि भने कुनै प्रतिबन्ध लगाइएको छैन् । सुरक्षा सुनिश्चित भएपछि मात्र छात्रालाई पनि विद्यालय जान अनुमति दिइने तालिवानी अधिकारीहरुले बताउँदै आएका छन् । पाकिस्तानका तालिवानले सन् २०१२ को अक्टोबरमा विद्यालयबाट घर फर्किने क्रममा युसुफजाई मलालालाई गोली हानेका थिए । गम्भिर घाईते बनेकी उनको लामो समयसम्म बेलायतमा उपचार भएको थियो ।-Photo Source: The Economic Times



प्रतिक्रिया दिनुहोस्

Screenshot