काठमाडौं, २ कार्तिक । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीसँग विदाई भेटवार्ता गरेका छन् । राजदूत आचार्यले आज विहान गान्धीसँग भेटवार्ता गरेका हुन् । उनकाअनुसार उक्त भेटवार्तामा नेपाल–भारत द्धिपक्षीय सम्बन्धको विस्तृत आयामबारे छलफल भएको थियो ।
आचार्य छिट्टै नेपाल आउँदैछन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले भारत, चीनलगायत विभिन्न देशबाट राजदूतहरुलाई फिर्ता बोलाएको छ । अहिले राजदूत आचार्यले भारतका उच्चपदस्थ व्यक्तिहरुसँग विदाई भेटवार्ता गरिरहेका छन् ।
Honoured to be received by Smt. Sonia Gandhi Ji, President @INCIndia this morning. During the farewell meeting, discussed broad range of Nepal-India relations, particularly historical accounts of our friendship pic.twitter.com/GMcrM0hYTM
— Nilamber Acharya (@nilacharya) October 19, 2021