Logo

सेती नदीले झोलुङ्गे पुल बगायो, ६० जना टापुमा अलपत्र



धनगढी, २ कात्तिक । सोमबारदेखि लगातार आएको वर्षासँगै सेती नदीमा आएको बाढीले १० परिवारका ६० जना टापुमा फसेका छन् । सिगास गाउँपालिका–५ ढुङ्गाडमा सेती नदी छेउमा बसोबास गर्दै आएका ६० जना टापुमा फसेको प्रहरीले जनाएको छ ।

बाढीले सेती नदीको छेउमा खेतबारी बगाउदै अग्लो भागमा रहेको बस्तीलाई समेत कटान गरेको छ । नदी दुई तिर बग्दा उनीहरु टापुमै अड्किएका हुन् । बैतडी र डोटीलाई जोड्ने ढुङ्गाडको झोलुङ्गे प्ुल बगाउदा पनि उद्दारमा थप कठिनाई भएको प्रहरीको भनाई छ ।

सेती नदीको किनारमा करिब २० परिवार बस्दै आएका थिए । ति मध्ये केही परिवार नदी कटान गरेको थाहा पाए लगत्तै भागेका थिए ।

तस्विरः दिपेन्द्र सिबिडि खड्काको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्