Logo

चोटका कारण नेइमारले लाइपजिगविरुद्धको खेल गुमाउने



एजेन्सी, २ कार्तिक। पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड नेइमारले चोटका कारण च्याम्पियन्स लिगमा आज राति हुने आरबी लाइपजिगविरुद्धको खेल गुमाउने भएका छन् ।

गत शुक्रबार फ्रेन्च लिगवान् अन्तर्गत भएको एन्जर्सविरुद्धको खेलमा पनि पीएसजीका लागि नेइमार अनुपस्थित थिए । यद्यपि, मंगलबार राति हुने च्याम्पियन्सलिग अन्तर्गतको खेलमा उनी मैदान फर्किने आशा गरिएको थियो । तर, क्लबले लाइपजिगविरुद्धको खेलमा उनी अनुपस्थित हुने बताएको छ । पीएसजीले घरेलु मैदानमा (मंगलबार) आज राति १२ : ४५ बजे जर्मन क्लब लाइपजिगसँग खेल्दै छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्