Logo

अमेरिकी बजारमा अब गोल्डस्टार, स्टोर खोल्न चाहनेहरूलाई सम्पर्क गर्न आग्रह



अमेरिका, २ कात्तिक । नेपालको लोकप्रिय ब्राण्ड गोल्डस्टार जुत्ताले अब अमेरिकी बजारमा औपचारिक रुपमा प्रवेश गरेको छ । अमेरिकामा गोल्डस्टार जुत्तालाई अब अम्बी ग्लोबल एलएलसीले बिक्रि गर्ने भएको हो । गोल्डस्टार नेपालकै अत्यन्तै लोकप्रिय ब्राण्डको रुपमा परिचित छ ।

अमेरिकामा गोल्डस्टार जुत्ता अन्य ब्राण्ड जस्तै लोकप्रिय हुने विश्वास गरेको छ । कम्पनीले स्टोर खोल्न चाहनेहरूलाई अम्बी ग्लोबलमा सम्पर्क गर्न समेत आग्रह गरेको छ । कम्पनीका अनुसार सुरुमा न्युयोर्क, टेक्सास र क्यालिफोर्नियामा आउटलेट आउने छ ।

आउटलेट लिन चाहनेले इमेल र फोनमार्फत अम्बी ग्लोबलमा सम्पर्क गर्न सक्नेछन् । गोल्डस्टारका सबै उत्पादनहरू अमेरिकी बजारमा उपलब्ध हुनेछन् भने अमेरिकाका लागि विशेष एक्सक्लुसिभ डिजाइनहरू कम्पनीले उत्पादन गर्ने जनाएको छ ।

कम्पनीको अनुसार तत्कालका लागि १५ डलरदेखि ६० डलरसम्मको हाराहारीका जुत्ताहरू उपलब्ध हुने भएपनि एक्सक्लुसिभ डिजाइनहरू त्योभन्दा बढी मूल्यका समेत हुनसक्नेछन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्