Logo

बाढी र पहिरो प्रभावितको तत्काल उद्दार तथा राहतको ब्यवस्था गर्न नेता सिंहको आग्रह



काठमाडौं, २ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सुदुरपश्चिम लगायतका विभिन्न क्षेत्रमा अविरल वर्षाको कारण गएको बाढी, पहिरो र डुवान प्रभावितहरुको तत्काल उद्दार गर्न सरकारलाई आग्रह गरेका छन् ।

नेता सिंहले आज सामाजिक सञ्जाल फेसबुकमार्फत बाढी, पहिरो र डुवान प्रभावितहरुको तत्काल उद्दार तथा राहतको ब्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।

नेता सिंहले बाढी, पहिरो र डुवान परेकाहरुको सहयोगमा जुट्न स्थानिय तहका पार्टीका साथीहरुलाई समेत अनुरोध गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,सुदूरपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार तथा राहतको ब्यवस्था गर्ने सरकार को गम्भीर ध्यानाकर्षण गराउदछु । साथै बाढी पहिरो र डुवानमा परेकाहरुको सहयोमा जुट्न पनि स्थानीय तहका पार्टीका साथिहरु लाई अनुरोध गर्दछु । जय नेपाल’

File Photo



प्रतिक्रिया दिनुहोस्