Logo

९ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सर्‍यो



काठमाडौँ, २ कात्तिक। कात्तिक ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पालिकास्तरको अधिवेशन ९ गते भएकाले प्रतिनिधिसभा बैठक कात्तिक ११ गतेसम्मका लागि सारिएको हो ।

संघीय संसद्‌का महासचिव भरतराज गौतमले आज (मंगलबार) सूचना निकालेर कात्तिक ९ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश कात्तिक ११ गते बिहीबार दिनको २ बजे बस्ने निर्धारण भएको जानकारी गराएका छन् ।-File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot