Logo

कोरोनाबाट थप १२ जनाको मृत्यु



काठमाडौँ, २ कार्तिक : कोरोना संक्रमणबाट आज थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३ सय ५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज नेपालमा कोरोनाका १ हजार ९६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ६ हजार ५ सय १७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आज १ हजार ४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ८३ हजार ३ सय ९७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ९९ सय १६ जनाको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।-File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot