बझाङ, २ कात्तिक । अविरल वर्षापछिको पहिरोले डिख्ला गाउँमा सातवटा घर पुरिएको छ । घटनामा २४ जना वेपत्ता भएका छन् ।
एउटै घरका १८ र अर्का घरका ६ जना वेपत्ता भएका हुन् । गगने सार्की र नरे पार्कीका घरपरिवारका सदस्य वेपत्ता भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
गगन सार्की रोजगारीका लागि भारतमा पुगेका छन् । उनका माइला छोरा काले सार्की सम्पर्कमा आएका छन् ।
घटनामा वेपत्ता हुनेमा हर्कु, धनगरी, सीता, प्रवास, भूमिका, चिरञ्जीवी, इस्सरा, सञ्जीव, सविता, सरोज, सर्मिला, पम्मा, सुवार विकास, कलुदेवी र एलिसा सार्की र अर्का एक छन् । नरे पार्कीका परिवारका उजली, आयुष, हिमा, सीमा र अर्का एकजना छन् ।
गाउँमाथि ढोगदिना भन्ने ठाउँबाट पहिरो झरेको थियो । विहान ४ बजे घटना घटेकाले दुवै घरपरिवारका सदस्य भाग्न नभ्याएको बुझिएको छ ।
घटनास्थलमा जाने बाटो अवरुद्ध भएकाले उद्धार टोली ढिलो पुगेको थियो । गाउँमा त्रास मच्चिएको छ । कतिपय बासिन्दाहरु घटनास्थलबाट टाढा अन्यत्र बसेका छन् ।