Logo

हुम्लामा पहिरोले ६ जना वेपत्ता



हुम्ला, ३ कात्तिक । हुम्लामा पहिरोले ६ जना वेपत्ता भएका छन् । जिल्लाको खार्पुनाथ गाउँपालिका खर्पेगाउँमा पहिरोले घर पुरिँदा धनबिरे शाहीको परिवार नै वेपत्ता भएका हुन् ।

वेपत्ता हुनेमा धनबिरे शाही, कलबहादुर शाही, आशा शाही र उनका नाबालक तीन छोराहरु छन् । रातिको समयमा पहिरो जाँदा घटना भएको हो ।

वर्षाले सडक अवरुद्ध भएकाले उद्धार कार्य कठिन भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot