Logo

बर्दियामा हजारौं टन धान नोक्सान



काठमाडौं, कात्तिक ३ । बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जिल्लामा हजारौं टन धानबाली नोक्सान भएको बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सहायक प्रजिअ शर्माले भने, “असोज ३१ गतेदेखिको हावाहुरी र अविरल वर्षातका कारण बर्दियामा बाढीले बितण्डा मच्चाएको छ । किसानहरुले काटेको हजारौं टन धान पानीमा तैरिरहेको छ भने नकाटेको धान हावाहुरीले नोक्सान पुर्याएको छ ।”

सहायक प्रजिअ शर्माका अनुसार १५, २० वटा पहाडी जिल्लाको पानी सञ्चित भएर कर्णाली र बबईमा पानीको बहाब बढ्दा राजापुर नगरपालिकाका ९ सय र गेरुवा गाउँपालिकाका १ सय घरमा विस्थापित भए ।

उद्धारका लागि सुरक्षा निकायका साथै रेडक्रस, स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति परिचालित भएकाले मानवीय क्षति हुन पाएको छैन । हिजो राति ९ बजेसम्म १३ मिटर १० सेन्टिमिटर थियो भने आज बिहान ५ बजे १२ मिटर ३० सेन्टिमिटर भएकाले जनतामा केही राहतको अनुभूति भएको छ । शर्माले फिल्डको जस्ताको तस्तै केन्द्रमा रिपोर्टिङ गरिरहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्