Logo

आदर्श लघुवित्तले ६० लाख बराबरको आईपीओ निष्काशन गर्ने



काठमाडौं, ३ कात्तिक । आदर्श लघुवित्त वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनको लागि निवेदन दिएको छ । संस्थाले ६० लाख बराबरको ६० हजार कित्ता आईपीओ निष्काशनको लागि असोज २० गते बोर्डमा निवेदन दिएको हो ।

हाल लघुवित्तको चुक्तापुँजी २ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन तथा बिक्रिका लागि कम्पनीले बिओके क्यापिटललाई नियुक्त गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot