Logo

च्याम्पियन्स लिगः रियलको फराकिलो जित



काठमाडौं, ३ कात्तिक । यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले साख्तर डोनेस्कमाथि फराकिलो जित निकालेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा रियलले डोनेस्कलाई ५–० गोल अन्तरले पराजित गर्दै फराकिलो जित निकालेको हो ।

रियलको जितमा भिनिसियस जुनियरले दुई गोल गरे । रोड्रिगो र करिम बेन्जिमाले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ३७औं मिनेटमा सेर्ही क्रिभ्टसोभले आत्मघाती गोल गरेपछि रियलले सुरुआती अग्रता लिएको थियो ।

यस्तै ५१औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियलको अग्रता दोब्बर बनाएका थिए । खेलको ५६औं मिनेटमा जुनियरले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–० को अवस्थामा पुर्याएका थिए । साथै, खेलको ६४औं मिनेटमा रोड्रिगोले गोल गर्दा रियलले ४–० को अग्रता बनाएको थियो ।

यस्तै खेलको इन्जुरी समयमा बेन्जिमाले गोल गर्दै रियललाई ५–० को फराकिलो जित दिलाए । यस जितसँगै रियलले ३ खेलमा ६ अंक जोड्दै समूह ‘डी’ को दोस्रो स्थानमा रहेको छ । यसैगरि १ अंक जोडेको डोनेस्क तालिकाको पुछारमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot