काठमाडौं, ३ कात्तिक । नेपाल इन्भेष्टमेन्ट बैंकले यस अघि घोषणा गरेको लाभांश संशोधन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन पछि १६ प्रतिशत लाभांश यथावत राख्दै बोनश शेयरको हिस्सा बढाएको हो ।
११ दशमलव २४ प्रतिशत बोनस शेयर र ४ दशमलव ७६ प्रतिशत नगद लाभांश यस अघि घोषणा गरेको बैंकको संशोधन पछि १२ दशमलव ६१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३ दशमलव ३८९ प्रतिशत नगद लाभांश शेयरधनीले प्राप्त गर्न सक्ने भएका छन् ।
चुक्तापुँजी हाल १६ अर्ब २५ करोड रुपैयाँ रहेको छ भने प्रस्तावित बोनस पछिको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश अब शेयरधनीले साधारण सभाले पारित गरेपछि प्राप्त गर्न सक्ने भएका छन् ।