Logo

विराटनगर विमानस्थल जलमग्न, उडान प्रभावित



काठमाडौं, ३ कार्तिक । लगातारको वर्षापछि आएको बाढीका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । केशलिया खोलामा आएको बाढी विमानस्थलमा पसेपछि बन्द भएको हो ।

स्थानीय केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरिया लगायतका स्थान डुबानमा परेका छन् । हाल भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा विगत चार दिनदेखि बदली र वर्षा भइरहेको छ । त्यसकारण उडान प्रभावित भएकाे छ । विराटनगरमा दैनिक आउने र जाने गरी ४२ उडान भइरहेको छ। यहाँबाट दैनिक १ हजार यात्रु ओहोरदोहोर गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्