काठमाडौं, ३ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले बाढि/पहिरोले आफन्त गु्माएका, विस्थापित भएका, खेतिबाली नष्ट भएका, जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिनुपर्ने भन्दै सरकारलाई सोहीअनुसारको भूमिका खेल्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमार्फत नेता थापाले अहिले सरकारले अभिभावक भएको आभास दिलाउनुपर्ने बताएका छन् । उनले लेखेका छन-“केहि दिनदेखिको वर्षाका कारण सुदुरपश्चिम लगायत देशका कयौँ ठाउँमा बाढी,पहिरोले जनजीवन अस्तव्यस्त भएको छ।यो वेलानै हो सरकारले अभिभावक भएको आभास दिलाउने। @PM_nepal_आफन्त गुमाएका,विस्थापित भएका,खेतिबाली नष्ट भएका,जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिनुस,दु:खमा समानुभुतिको महसुस गराउनुहोस “
केहिदिन देखिको वर्षाका कारण सुदुरपश्चिम लगायत देशका कयौँ ठाउँमा बाढी,पहिरोले जनजीवन अस्तव्यस्त भएको छ।यो वेलानै हो सरकारले अभिभावक भएको आभास दिलाउने।@PM_nepal_आफन्त गुमाएका,विस्थापित भएका,खेतिबाली नष्ट भएका,जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिनुस,दु:खमा समानुभुतिको महसुस गराउनुहोस
— Gagan Thapa (@thapagk) October 20, 2021