Logo

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक सम्पन्न, राहत र उद्धारको लागि काम गर्न प्रधानमन्त्रीको निर्देशन



काठमार्डौं, ३ कार्तिक । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक सम्पन्न भएको छ। देशभरि बाढि/पहिरोबाट ठूलो जनधनको क्षति भएपछि सरकारले आज विपद व्यवस्थाप परिषदको बैठक राखेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले बाढि÷पहिरोबाट पीडितलाई राहत र उद्धारको लागि कञ्जुस्याँई नगर्न निर्देशन दिएका छन् । अर्थमन्त्री जनार्दन शर्मालेपनि पैसाको कुनै अभाव नहुने धारणा राखेका थिए । अर्थमन्त्रीको अभिव्यक्तिलाई लिएर गृहमन्त्री बालकृष्ण खाँणले प्रशंसा गरेका थिए ।

त्यस्तै, प्रदेश नम्बर १ मा अझैपनि बाढि÷पहिरोको उच्च जोखिममा रहेकोबारे छलफल भएको थियो । त्यस्तै, वर्षाका कारण धानबालीको नष्ट कति भयो ? भन्नेबारे यकिन आँकलन गरिने र किसानलाई उचित क्षतिपूर्ति दिनेबारे पनि छलफल भएको राष्ट्रिय जोखिमका न्यूनीकरणका सदस्य सचिव अनिल पोखरेलले जानकारी दिए ।

उक्त बैठकमा गृहमन्त्री बालकृष्ण खाँड , अर्थमन्त्री जनार्दन शर्मा , उर्जामन्त्री पम्फा भुषाल , सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की ,सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ ,रक्षा मन्त्री डा। मिनेन्द्र प्रसाद रिजाल,खानेपानी मन्त्री उमाकान्त चौधरी ,भौतिक मन्त्री रेनुकुमारी यादव ,पर्यटन मन्त्री प्रेम आले ,कानुन मन्त्री दिलेन्द्र प्रसाद बडु,शिक्षा मन्त्री देवेन्द्र पौडेल ,कृषि मन्त्री महिन्द्र राय यादव ,महिला मन्त्री उमा रेग्मी ,भूमि मन्त्री शशि श्रेष्ठ ,शहरी विकास मन्त्री रामकुमारी झाक्री , उद्योग मन्त्री गजेन्द्र बहादुर हमाल ,बन मन्त्री रामसहाय प्रसाद यादव ,श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठ ,खेलकुद मन्त्री महेश्वरजंग गहतराज , राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल ,मुख्य सचिव शंकरदास बैरागी ,नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा , राष्ट्रिय जोखिमका न्यूनीकरणका सदस्य सचिव अनिल पोखरेल ,नेपाल प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्री ,सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल , मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारीलगायतको उपस्थिति थियो ।-तस्विर: मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल 



प्रतिक्रिया दिनुहोस्