Logo

बाढीपहिरोले घरबारविहिनलाई सरकारले ३ देखि ५ लाख दिने



काठमाडौं, ३ कात्तिक । सरकारले बाढीपहिरोले घरबारविहिनलाई राहतको घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले घरबारविहिन भएकाहरुलाई ३ देखि ५ लाख रुपैयाँसम्म अनुदानको घोषणा गरेको हो ।

घर भत्केकाहरुलाई बनाउनका लागि हिमाली जिल्लामा ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराईका जिल्लामा ३ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको हो । घर निर्माणका लागि जग्गा नहुनेलाई थप ३ लाख उपलब्ध गराउने निर्णय गरेको छ । तस्विरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपालडट कम



प्रतिक्रिया दिनुहोस्

Screenshot