Logo

एमालेको स्थायी कमिटी बैठक बस्दै



काठमाडौँ, ४ कात्तिक: नेकपा (एमाले)ले आज स्थायी कमिटी बैठक डाकेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहिबार दिउँसो ३ बजे बैठक बोलाइएको हो ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशन समीक्षा, वडा र स्थानीय तहको अधिवेशन, राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाका कारण भएका जनधनको क्षतिका सम्बन्धमा छलफल हुनेछ ।

एमालेको वडा अधिवेशन यही कात्तिक ६ गते र स्थानीय तहको अधिवेशन यही कात्तिक ९ गते तोकिएको छ । एमालेको राष्ट्रिय महाविधेशन आगामी मङ्सिर १० देखि १३ गतेसम्म बुटवलमा हुने भएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot