
काठमाडौं, ४ कात्तिक । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज (कात्तिक ४ गते) देखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आजदेखि ७ करोड ३० लाख बराबरको ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
कुल कित्तामध्ये १४ हजार ६ सय कित्ता कम्पनीको कर्मचारी, ३६ हजार ५ सय कित्ता सामुहिक लगानीकोष र बाँकी रहेको ६ लाख ७८ हजार ९ सय कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।
कम्पनीले शेयर खरिदको लागि कात्तिक ८ गतेसम्म न्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरेको छ । आईपीओ बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।