Logo

दमननाथ ढुंगानाको प्रश्न : समग्रमा दूषित राजनीतिले देशलाई कहाँ पुर्यायो ?



काठमाडौं, ४ कार्तिक । पूर्व सभामुख दमननाथ ढुंगानाले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरा सार्वजनिक रुपमा आरोपित नभइदिनु भएको भए राम्रो हुन्थ्यो भन्ने धारणा राखेका छन् । पछिल्लो राजीतिक अवस्थाबारे चर्चा गर्दै ढुंगानाले यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्–”अवस्था अनुसार कानूनी प्रश्न भन्दा नैतिक प्रश्न ठूलो हुन्छ। प्रधान न्यायाधीश सार्वजनिक रूपमा आरोपित नभइदिनु भएको भए कति राम्रो हुन्थ्यो। कार्यकारिणी घुसेर होस् अथवा न्यायकर्ता स्वयम् लहसिएर होस्, समग्रमा दूषित राजनीतिले देशलाई कहाँ पुर्यायो?”



प्रतिक्रिया दिनुहोस्