Logo

बाढीपहिरोबाट क्षति अपडेटः ९२ जनाको मृत्यु, ४२ वेपत्ता



काठमाडौं, ४ कात्तिक । बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ । दर्जनौं वेपत्ता भएका छन् ।

नेपाल प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी प्रदेश १ मा ५३ जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा मात्र ३० जनाको मृत्यु भएको छ । वेपत्ता ४२ मध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २४ छन् ।

३१ असोजबाट भारी वर्षा भई ३ कात्तिकसम्म नथामिंदा पूर्व र पश्चिम भागमा बढी क्षति पुगेको हो । सिंगो घरपरिवार नै वेपत्ता भएको घटना पनि छ ।

डोटी, बझाङ, बैतडी, डडेल्धुरा, हुम्लालगायतका जिल्लामा बढी क्षति पुगेको छ । पाँचथर, इलाम र सुनसरीमा पनि जनधनको क्षति भएको छ ।

सयौं मानिस घरबारविहिन भएका छन् । वेपत्ता हुनेहरुको खोजी कार्य भइरहेको छ । अधिकांश वेपत्ता पहिरोले पुरिएको हुनसक्ने भएकाले खोजी भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot