Logo

अफगानिस्तानमा निर्माण गरिएको अन्तरिम सरकारलाई मान्यता दिन विश्व समूदायलाई तालिवानको आग्रह



एजेन्सी, ४ कात्तिक । तालिवानले अफगानिस्तानमा निर्माण गरेको अन्तरिम सरकारलाई तालिवानको नेतृत्वमा रहेको अन्तरिम सरकारका उप प्रधानमन्त्री अबदूल सलाम हन्नाफिले विश्व समूदायलाई आग्रह गरेका छन् । बुधबार बसेको मोस्को बैठकमा उनले यस्तो आग्रह गरेका हुन् ।

उनको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘हामीले अफगानिस्तानमा निर्माण गरेको अन्तरिम सरकारलाई मान्यता दिन म विश्व समूदायलाई आग्रह गर्दछु । हाम्रो नागरिकले पहिलो पटक अन्तरिम सरकार देखेको छ । विश्व समूदायले हाम्रो क्याविनेटका मन्त्रीहरुसँग समन्यव गर्ने आशा हाम्रो नागरिकले राखेको छन् । अफगानिस्तान बहिस्कृत भएर बस्ने कसैको इच्छा छैन् ।’

उप–प्रधानमन्त्री हन्नाफिका अनुसार जारी सरकारले अफगानिस्तानको सम्पूर्ण सुरुक्षा र स्थायित्व कायम गरिरहेको छ । विगत ४० वर्ष देखिको युद्वमा फसेको अफगानिस्तानलाई स्थायित्व कायम गर्न जारी सरकारको योजना रहेको उनले बताए । अगस्त १५ मा तालिवानले अफगानिस्तानलाई कब्जा गरेपछि तालिवाानले त्यहाँ अन्तरिम सरकार गठन गरेको थियो । तर, उक्त सरकालाई विश्व समूदायले मान्यत भने अहिलेसम्म दिएको छैन् ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्

Screenshot