Logo

पश्चिमाविरुद्धको लडाईँमा मृत्यु भएका परिवारलाई जमिन र नगद दिने तालिवानको घोषणा



एजेन्सी, ४ कात्तिक। तालिवान सरकारले आत्मघाती बमवर्षकका परिवारलाई जमिन र नगर रकम उपलब्ध गराउने भएको छ। अफगानिस्तानको पूर्व सरकार र पश्चिमा समूहविरुद्धको लडाईँमा मृत्यु भएका परिवारहरुलाई सरकारले प्रशंसास्वरुप जमिन र नगद रकम दिने भएको हो।

अफगानिस्तानको आन्तरिक मन्त्रालयले विज्ञप्ति जारी गर्दै तत्कालिन समयका आत्मघाती बमवर्षकहरुको प्रशंसा गरेको छ भने पीडित परिवारलाई जमिन र नगद रकम उपलब्ध गराउने उल्लेख गरिएको छ ।

पीडित परिवारहरुलाई कपडा वितरण गरिएको छ भने सरकारले प्रत्येक परिवारलाई चाँडै १० हजार अफगानी (१११ डलर) र जमिन उपलब्ध गराउने बाचा गरेको सरकारका प्रवक्ता करी साइद खोस्टीले बताए।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot