काठमाडौं, ४ कात्तिक । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र प्रसाद पाण्डे मुख्यमन्त्री बन्दैछन् । उनलाई गठबन्धनले मुख्यमन्त्रीका लागि अगाडि सार्ने भएको छ ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत पाउन नसकेलगत्तै पाण्डेको नाम अगाडि सारिने भएको छ । पाण्डेलाई मुख्यमन्त्री बनाउन सहमत गर्नुअघि आधा कार्यकाल इन्द्र बाँनियालाई मुख्यमन्त्रीको जिम्मेवारी दिने गरी सहमति बनेको छ ।
अबको ६ महिना पाण्डे मुख्यमन्त्री बन्ने र बाँकी ६ महिना बाँनिया बन्ने भद्र सहमति बनेको छ । बाँनिया बागमती प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता हुन् ।
सत्ता गठबन्धनबीच विभिन्न प्रदेशमा आधा आधा मुख्यमन्त्री बन्ने गरी भद्र सहमति भएको छ । कर्णाली प्रदेशमा त्यही सहमति अनुसार काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्दैछन् । लुम्बिनीमा पनि आधा आधा मुख्यमन्त्री बन्ने सहमति बनेको छ ।