Logo

किशोरीलाई जबरजस्ती गर्दा…



काठमाडौं, ५ कात्तिक । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१६ माछापोखरी डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका–१ घर भएका ३६ वर्षीय दिनेश विश्वकर्मालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

दिनेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot