Logo

भारतमा कर्मचारीको महङ्गी भत्ता बढ्यो, नेपालको अर्थतन्त्रमा कस्तो असर पर्ला ?



काठमाडौं, ५ कात्तिक । भारतमा कर्मचारी र पेन्सनवालाको महङ्गी भत्ता बढेको छ । भारत सरकारको मन्त्रिपरिषदको बैठकले आज ३ प्रतिशत महङ्गी भत्ता बढाएर ३१ प्रतिशत पुर्याएको केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धियाले ट्वीटमार्फत् उल्लेख गरेका छन् ।

भारतमा एक करोडभन्दा बढी केन्द्रीय कर्मचारी र पेन्सनवाला छन् । दिपावलीको उपहारका रुपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कर्मचारीको महङ्गी भत्ता बढाउने निर्णय लिएको जनाइएको छ ।

भारतमा कर्मचारी र पेन्सनवालाको महङ्गी भत्ता बढेपछि नेपालमा पनि असर पर्ने भएको छ । भारतको सरकारी निकायमा नेपाली नागरिक उल्लेख्य संख्यामा छन् ।

रतीय सैनिक सेवामा गोर्खाहरुको ठूलो संख्या छ । भारत सरकारबाट पेन्सन पाउनेहरुको पनि उल्लेख्य संख्या छ । महङ्गी भत्ता बढेपछि भारतको सरकारी सेवामा काम गरेका र पेन्सन प्राप्त गर्दै आएकाहरुको पनि आम्दानी बढ्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot