Logo

राष्ट्रपति भण्डारीसमक्ष चार देशका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र



काठमाडौं, ५ कार्तिक । नेपालका लागि विभिन्न पाँच देशका आवासीय तथा गैरआवासीय राजदूतहरुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । राजदूतहरूले आज राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।

उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको शितलनिवासले जनाएको छ । यसरी ओहदाको प्रमाणपत्र बुझाउनेहरुमा ब्राजिल (आवासीय), ईटाली, माल्टा र दक्षिण अफ्रिका (गैरआवासीय) का राजदूतहरु रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot