Logo

रुसको गोली निर्माण उद्योगमा विष्फोट हुँदा १६ जनाको मृत्यु



एजेन्सी, ५ कात्तिक । रुसमा गोली निर्माण गर्ने उद्योगमा बिष्फोट हुँदा १६ जनाको मृत्यु भएको छ । मध्य रुसस्थित् र्याजन क्षेत्रमा रहेको उक्त गोली निर्माण उद्योगमा बिष्फोटपछि भिषण आगलागी भएको हो ।

रुसी सञ्चार माध्यम तासका अनुसार उद्योगमा ब्लास्ट हुँदा १६ जनाको मृत्यु भएकोमा १२ जनाको मात्र शव फेला परेको छ । स्रोतको भनाइलाई उदृत गर्दै रुसी सञ्चार माध्यम तासले लेखेको छ, ‘अहिलेको नयाँ तथ्यांक अनुसार १६ जनाको मृत्यु भएको छ । उद्धार टोलीले अझै पनि ४ जनाको शव भेटाउन सकेको छैन् ।’

घटनास्थल अहिले नियन्त्रणमा रहेको र उद्धार कार्य जारी रहेको जनाइएको छ । घटना विहान ८ बजेर २२ मिनेट जाँदा घटेको थियो । घटना उद्योगको प्रबिधिक खराबीका कारण बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot