Logo

साथ पाए जित्न सकिन्छ क्यान्सर



काठमाडौं, कार्तिक ६। ललितपुरकी विनु केसीलाई स्तन क्यान्सर भएपछि भारतमा उपचार गराईन् । अहिले उनले क्यान्सरलाई पूर्ण रूपमा जितिसकेकी छन् । क्यान्सर जित्न उनको परिवारको ठूलो साथ रह्यो ।

परिवारले साथ नदिएको भए क्यान्सरलाई जित्न धेरै कठिन हुन्थ्यो । क्यान्सर हुँदा निकै गाह्रो थियो । आफन्त घरमा आएर हौसला दिनुभन्दा रोइदिन्थे ।

आफन्त रुँदा उनको मनोबल खस्किन्थ्यो । यति साना बच्चा टुहुरो हुने भए भनेर अरूले भनेको सुनेपछि धेरै गाह्रो भएर बाथरुम छिरेर रोएको स्मरण गर्दै उनले भनिन्, “बिरामीलाई क्यान्सर शब्द सुन्नै मन लाग्दैन । क्यान्सरबाटै तीन जना सानिमालाई गुमाइसकेकी थिएँ । बिचरा भनिदिँदा निराश भइसकेको थिएँ ।”

१५ वर्षअघि क्यान्सर भनेको मृत्यु हो भन्ने थियो । त्यसैले विनु जतिदिन बाँचिन्छ बच्चासँग खुसी भएर बाँच्न चाहन्थिन । मलाई भेट्न आउनेले बिचरा बर्बाद भो । यति सानो उमेरमा क्यान्सर लाग्यो तर भगवान् छन्, यति सानो बच्चालाई भगवान्ले टुहुरो बनाउँदैनन् भन्ने शब्द सुनेपछि असह्य भएको थियो ।

त्यो बेला हाँसिरहेकी मलाई धेरै गाह्रो भएको थियो । केसीले क्यान्सर रोगीलाई बिचरा होइन, हौसलाको खाँचो रहेको बताएकी छन् । हाम्रो शक्ति भनेकै हौसला हो भन्दै उनले हौसला दिँदा एउटा युद्ध नै जिते जस्तो अनुभव रहने बताएको आजको गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot