Logo

अमेरिकालाई चीनको चेतावनीः ताइवान मुद्दामा वैदेशिक हस्तक्षेप मान्य हुँदैन



एजेन्सी, ६ कात्तिक । चीनले अमेरिकालाई अक्षित गर्दै ताइवान मुद्दामा बैदेशिक हस्तक्षेप मान्य नहुने भेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले हिजो (शुक्रबार) पत्रकार सम्मेलनमा ‘ताइवान चीनको एक अविभाज्य हिस्सा’ भएको उल्लेख गरेका हुन् ।

ताइवान मुद्दा चीनको आन्तरिक मामिला भएकाले यसमा वैदेशिक हस्तक्षेप मान्य नहुने उनले स्पष्ट गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले आक्रमण गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने अभिव्यक्ति दिएपछि चीनको कडा प्रतिक्रिया आएको हो । शुक्रबार राष्ट्रपति बाइडेनले चीनले आक्रमण गरे ताइवानको रक्षा गर्ने अभिव्यक्ति दिएका थिए । तर पछि ह्वाइट हाउसले ताइवानबारे अमेरिकी नीतिमा कुनै परिवर्तन नहुने स्पष्ट पारेको थियो । ताइवानको रक्षाका बारेमा अमेरिकाले लामो समयदेखि ‘रणनैतिक अस्पष्टता’ को नीति अँगाल्दै आएइको छ ।

यदि चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकी कदम कस्तो हुन्छ भन्ने स्पष्ट नीति नै छैन । अमेरिकाले ताइवानलाई विभिन्न प्रकारका प्रतिरक्षात्मक हतियार भने उपलब्ध गराउँदै आएको छ ।अमेरिकाले ताइवान रिलेसन्स एक्टअन्तर्गत रहेर ताइवानसँग रक्षा सम्बन्ध कायम गर्दै आएको छ । बाइडेनले चीन, रुसलगायतका मुलुकले सैन्य शक्ति बढाउँदै गएकोमा पनि आफू चिन्तित नरहेको बताएका छन् । ‘चीन, रुस र बाँकी विश्वलाई हामीसँग इतिहासकै सबैभन्दा शक्तिशाली सैन्य शक्ति छ भन्ने कुरा थाहा छ,’ उनले भने, ‘त्यसैले उनीहरू शक्तिशाली बन्दैछन् भन्ने कुरामा चिन्ता लिनुपर्दैन ।’

‘एक चीन’ नीति अन्तर्गत अमेरिकाले ताइवानमाथि चिनियाँ सम्प्रभुताको दाबीलाई स्वीकार गर्दै आएको छ । पछिल्ला दिनमा चीनले ताइवानको आकाशमा युद्धविमान उडाएको थियो । त्यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि ताइवानसँगको एकीकरण अपरिहार्य रहेको बताएका थिए ।प्रवक्ता वेनबिनले पत्रकार सम्मेलनमा भने, ‘जब चीनको सम्प्रभुता र क्षेत्रीय एकताजस्ता कुरा आउाछन् त्यसमा कुनै प्रकारको छूटका लागि ठाउा छैन ।’ उनले अगाडि भनेका छन्, ‘ताइवान चीनको अविवादित भूभाग हो । ताइवान मुद्दा चीनको आन्तरिक मामिला हो । यसमा कुनै पनि प्रकारको विदेशी हस्तक्षेप मान्य छैन ।’-Photo: Agency

यो पनि

 

‘अमेरिकी राष्ट्रपति बाइडेनले भने- ‘चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले रक्षा गर्छ’’

 

‘अमेरिकाले चीनसँग शीतयुद्ध गर्न चाहँदैन्ः बाइडेन’



प्रतिक्रिया दिनुहोस्

Screenshot