Logo

लुम्बिनी-६ को एमाले वडासचिवमा १९ बर्षीया झरना चौधरी सर्वसम्मत चयन



रुपन्देह, ७ कात्तिक । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ मा १९ वर्षिया झरना चौधरी वडासचिवमा सर्वसम्मत चयन भएकी छन्। रुपन्देही निर्वाचन क्षेत्र नम्बर पाँचका धेरैजसो ठाउँमा युवा अनुहार आएका राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले जनाएका छन्।

लुम्बिनी साँस्कृतिक नगरपालिकामा सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिवार पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चूअल माध्यमबाट वडा अधिवेशनको उद्घाटन गरेसँगै देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन सुरु भएको थियो ।-Photo Source: Drishtinews



प्रतिक्रिया दिनुहोस्