Logo

सांग्रिला बैंकको संस्थापक शेयर आजदेखि बिक्रिमा



काठमाडौं, ७ कात्तिक । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर आजदेखि विक्रीमा ल्याएको छ । बैंकले आइतबार देखि ७४ हजार ६ सय ९५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

बैंकले शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न सकिने गरी ३५ दिने सुचना जारी गर्दा कुनै आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गर्न लागेको जनाएको छ ।

बैंकले उक्त शेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताहरुले १५ दिनभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन दिन आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot