Logo

कुमारी बैंकले भोली बुक क्लोज गर्ने, लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं, ७ कात्तिक । कुमारी बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि भोलि (कात्तिक ८ गते) बुक क्लोज गर्ने भएको छ । आजसम्म कायम शेयधरनीले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

सभा कात्तिक १६ गते बिहान ११ः ३० बजे कम्पनीको नक्सालस्थित कार्यालयमा हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनश शेयर र २ दशमलव ६७ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७७÷ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने जानकारी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्