Logo

हिराबहादुर केसी एमालेमै रहने, निकाले यस्तो विज्ञप्ती



काठमाडौं, ७ कार्तिक । प्यूठान–२ बाट २०७० को आम निर्वाचनमा विजयी संविधानसभाका सदस्य हिराबहादुर केसीले एमालेमै रहने भएका छन् । यसअघि उनलाई नेकपा (एकीकृत समाजवादी) पार्टीमा केन्द्रीय अनुशासन आयोग सदस्य नियुक्त गरिएका थिए । केसीले सो पद अश्वीकार गर्दै एमालेमै रहेको प्रष्ट पारेका छन् ।

केसीले आज (आइतबार) पार्टी मुख्यालय थापाथली पुगेर आफू एमालेमै रहेको स्पष्ट पारेका थिए । एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य विष्णु रिमाल, केन्द्रीय सदस्यहरु सूर्य थापा र मणिचन्द्र थापासँग केसीले तस्विरसमेत खिचाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्