Logo

कांग्रेसले प्रदेश नम्बर १ मा पनि आलोपालो सरकारको नेतृत्व माग्यो



काठमाडौं, ७ कार्तिक । नेपाली कांग्रेसले प्रदेश १ मा पनि आलोपालो सरकारका नेतृत्व गर्न पाउनुपर्ने माग गरेको छ । प्रदेश नम्बर १ का काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले आफूहरुले आलोपालो सरकारको माग गरेको स्पष्ट पारेका छन् ।

तर, उनले मिडियामा हल्ला भएजस्तो आफ्ना पार्टीका कोही पनि सांसदहरुले मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत नदिने र फ्लोर क्रस नहुने दाबी गरेका छन् । मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने भनिएको थियो । तर, एमाले र कांग्रेस दुवैले आजको बैठक स्थगित् गर्न भनेपछि अर्को बैठक कार्तिक १५ गते बस्ने भएको छ ।

यसअघि बाग्मती प्रदेशमा पनि कांग्रेसले सरकारका नेतृत्व आलोपालो गर्ने सहमति गरिसकेको छ । बाग्मतीमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित् भएको छ । पाण्डेलगत्तै कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने सहमति बनेको नेताहरुले बताएका छन् ।

उता, प्रदेश नम्बर १ मा सुरुमा नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र राईका नेतृत्वमा सरकार बन्नेछ। त्यसपछि कांग्रेसका राजीव कोइरालाले सरकारको नेतृत्व गर्ने भनिएको छ । तर, यसबारेमा गठबन्धनका शीर्ष नेताबीच ठोस सहमति भने बनेको छैन् । Photo Source: Facebook



प्रतिक्रिया दिनुहोस्

Screenshot